माइक्रोसफ्ट कम्पनीको सर्च इन्जिन Bing कुनै समय निकै धेरै प्रयोगमा थियो । तर गुगलले सर्च इन्जिनको क्षेत्रमा आफ्नो पकड यस्तो बनाएको छ कि अन्य सर्च इन्जिनहरु गुगलको छेउछाउ पनि देखिंदैनन् । तर अब गुगलको साम्राज्यलाई तोड्न माइक्रोसफ्टले नयाँ कदम चाल्दैछ ।
वास्तवमा सर्च इन्जिनमा गुगलको दबदबा छ । कुनै पनि कुरा इन्टरनेटमा खोज्नुपर्यो भने मानिसहरु गुगललाई नै सम्झिन्छन् । तर अब यो मान्यतालाई भत्काउन माइक्रोसफ्टले जबरजस्त योजना बनाएको छ । रिपोर्ट अनुसार सर्च इन्जिनको क्षेत्रमा गुगललाई टक्कर दिन माइक्रोसफ्टले बहुचर्चित आर्टिफिसियल इन्टेलिजेन्स ChatGPT को प्रयोग गर्नेछ ।



















