बिहिबार, चैत्र १२, २०८२
Thursday, March 26, 2026
बिहिबार, चैत्र १२, २०८२
Thursday, March 26, 2026

विद्यालय बन्द गरेर संचालकको नातिको ब्रतबन्ध

गते

पोखरा/ पोखरामा निजी विद्यालय संचालकले विद्यालय बन्द गरेर नातिको ब्रतबन्ध गरेका छन् । पोखरा महानगरपालिका १ विन्ध्यवासिनी नजिकै रहेको विन्धेयश्वरी बोर्डिङ स्कुलका संचालक शम्भुलाल कार्कीले प्रक्रिया पूरा नगरी मनोमानी ढंगले विद्यालय बन्द गरेर नातिको ब्रतबन्ध गराएका हुन् । संचालक कार्कीले आफूले केही गलत नगरेको बताए । उनल आफ्नो जग्गामा विद्यालय रहेको र विद्यालयको स्पेस धेरै भएकाले ब्रतबन्ध गरिएको सुनाए । ‘यहाँ ठाउँ ठूलो छ । विद्यालय मेरै जग्गामा छ । त्यसैले यहाँ गरेको हुँ’, उनले भने,‘एक दिन बिदा गरेर केही बिग्रिँदैन जस्तो मलाई लाग्छ । त्यसका लागि शनिबार विद्यालय संचालन गर्नेर्छौँ ।’

पोखरा महानगरपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद भण्डारीले विद्यालयले गलत गरेको बताए । विद्यालय बन्दपछि अनुगमन गर्न पुगेका भण्डारीले प्रक्रिया नपु¥याइ विद्यालय बन्द गरेको सुनाए । उनले निजी जग्गा भएपनि विद्यालय सबैको साझा रहेका सुनाए । ‘विद्यालय सार्वजानिक नै हुन्छ निजी जग्गा भयो भन्दैमा हुँदैन । अनुगमनको क्रममा प्रक्रिया नपु¥याइ बिदा गरेको भेटियो’, उनले भने,‘यो गलत हो । हामीले त्यहाँ पुगी विद्यालय व्यवस्थापनको बैठकले स्वीकृत गरेको हो कि होइन भनेर बुझ्दा त्यो भेटेनौँ । अझ त्यस विद्यालयमा विद्यालय व्यवस्थापन समिति नै नरहेछ । त्यो पनि गलत हो ।’

विद्यालयका प्रधानध्यापक कृष्ण श्रेष्ठले विद्यालय व्यवस्थापन समितिको बैठक विनै बिदा दिएको बताए । उनले विद्यालयका संस्थापकको परिवारको जन्म सोही स्थानमा भएको र सोही स्थानमै ब्रतबन्ध गर्नु परेको सुनाए । उनले विद्यालयमा ब्रतबन्ध बाहेक होम लगाउने काम समेत भएको सुनाए । ‘विद्यालय व्यवस्थापन समितिको बैठकबाट भएको होइन् । घरबेटीकै परिवारको धार्मिक पूजा भएका कारणले दिएका हौं । हामीले आजै शनिबार मनायौं’, उनले भने,‘आजको पढाई हामीले शनिबार गराउने छौं । त्यसैले सबैले यो बिदालाई शनिबार सोच्नु होला ।’

उनले हरेक परिवारलाई बिदाबारेमा जानकारी गराएको समेत सुनाए । तर एक अभिभावकले भने आफुलाई कुनै जानकारी नआएको बताए । ‘आज बिहानदेखि नै विद्यालयमा बाजा बजाउँदै भोजभतेर भएको देखेँ के रहेछ भनेर हेर्दा त ब्रतबन्ध’ उनले भने,‘विद्यार्थीको अभिभावकलाई जानकारी नै नगराई यसरी गरेर कहाँ हुन्छ ? विद्यालयमा यस्तो गर्न पाइन्छ र ?’ उनका अनुसार विद्यालयले यसभन्दा अघि शिक्षकको विवाह हुँदा समेत बिदा दिएको थियो । शिक्षा महाशाखाका अधिकृत भण्डारीले शिक्षा नियमावली, शिक्षा ऐन अनुसार विद्यालयलाई महानगरको तर्फबाट आवश्यक कारवाहि र सुझाव दिने बताए । शिक्षा नियमावली २०७४ अनुसार विद्यालय व्यवस्थापन समतिले तोके बाहेक बिदा दिएमा प्रधानध्यापकलाई विभागीय कार्वाहीको व्यवस्था गरेको छ ।

शिक्षा नियमावलीमा विदा सम्बन्धि व्यवस्थामा भनिएको छ, ‘विद्यालय व्यवस्थापन समितिले नेपाल सरकारले तोकेको सार्वजानिक विदासंग लादम्यता कायम हुने गरी स्थानीय शिक्षा अधिकारीले विद्यालयमा सार्वजानिक बिदा निर्धारण गर्छ । व्यवस्थापन समितिले एक शैक्षिक सत्रमा थप पाँच दिनसम्म स्थानीय विदा दिन मिल्नेछ ।’ ‘यस नियममा लेखिएदेखि बाहेक अन्य दिन विद्यालय बन्द गरेमा प्रधानध्यापकलाई विभागीय कारबाही गरिनेछ । विद्यालय व्यवस्थापन समितिले तोकेको बिदा बाहेक कुनै पनि वहानामा अतिरिक्त बिदा गर्न पाइने छैन बाहेक व्यवस्थापन समितिको’ भनि उल्लेख गरेको छ ।, ढोरपाटन डटकममा विजय नेपालीको खवर प्रकाशित भएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img