बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

पोर्नस्टारको मामिलामा पक्राउ पर्न सक्छन् ट्रम्प

गते

काठमाडौं- अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरूद्ध न्युयोर्कमा फौजदारी अभियोगहरू अघि सारिएसँगै उनी अमेरिकी इतिहासमै फौजदारी मुद्दा सामना गर्ने पहिलो बहालवाला वा पूर्वराष्ट्रपति बनेका छन्।

उनीविरूद्धको मुद्दाको विस्तृत विवरण अझै खुलाइएको छैन।

ती अभियोगहरू एक जना पूर्वपोर्नस्टार स्टोर्मी ड्यान्यल्सलाई पैसा दिइएको विषयसँग सम्बन्धित छ।

संदिग्ध सम्बन्धका विषयमा मौन रहनका लागि स्टोर्मीलाई १ लाख ३० हजार अमेरिकी डलर दिइएको विषयमा अनुसन्धान गरेपछि एक ग्र्यान्ड जुरीले उनलाई मुद्दा चलाउन मिल्नेगरी मतदान गरेको थियो।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि ट्रम्पसँग सम्बन्ध रहेको भनिएको विषयलाई लिएर मौन रहनका लागि स्टोर्मीलाई पैसा दिइएको आरोप लगाइएको छ।

स्टोर्मीले पूर्वराष्ट्रपतिसँग आफ्नो ‘व्यभिचारपूर्ण सम्बन्ध’ रहेको र आफूलाई मौन रहनका लागि पैसा दिइएको दाबी गरेकी छन्।

ट्रम्प पुनः राष्ट्रपतिमा चुनाव लड्न खोजिरहँदा यी अभियोजनहरू चलाइएका हुन्।

अदालती कारबाही कस्तो हुन्छ?

म्यानहटनस्थित सरकारी वकिलको कार्यालयले ट्रम्पको आत्मसमर्पणका लागि सहजीकरण गर्न समन्वयका लागि उनका वकिललाई सम्पर्क गरिएको बताएका छन्।

अदालतमा ट्रम्पको औंलाको छाप, अभियोजन प्रक्रियाका लागि तस्बिर र डिएनएको नमूना लिइनेछ।

त्यसपछि उनले न्यायाधीशहरूसामु ती अभियोगलाई लिएर अपिल गर्न सक्नेछन्।

जुन अवस्थामा सम्भवतः ट्रम्पलाई जमानत दिइनेछ।

सुनुवाइका क्रममा यस मुद्दामा उनीविरूद्धका अभियोगहरू पढेर सुनाइनेछ जुन १० देखि १५ मिनेटसम्मको हुनेछ।

त्यहाँ प्रदर्शनकारीहरू भेला हुनसक्ने अवस्थाका लागि न्युयोर्क प्रहरीले सुरक्षा योजना बनाएको छ।

अमेरिकामा बहालवाला तथा पूर्वराष्ट्रपतिहरूको सुरक्षाका लागि जिम्मेवार रहने सिक्रेट सर्भिसले अदालतमा हुने उपस्थितिमा सुरक्षाको मुख्य काम गर्नेछ।

ट्रम्प के भन्छन्?

सामाजिक सञ्जालमा यसबारे प्रतिक्रिया दिँदै ७६ वर्षीय ट्रम्पले आफू निर्दोष रहेको कुरा दोहो¥याएका छन्।

उनले अभियोगहरूलाई ‘राजनीतिक उत्पीडन र चुनावी हस्तक्षेप’ बताएका छन्।

फ्लोरिडामा बस्ने पूर्वराष्ट्रपति आउँदो सोमबार न्युयोर्क आउने र मंगलबार अदालतमा प्रस्तुत हुने अपेक्षा गरिएको छ।

ट्रम्पका छोरा एरिकले यो ‘चुनावी वर्षमा राजनीतिक विपक्षीको अवसर हेरेर बनाइएको निशाना’ भनेका छन्।

ट्रम्पका उपराष्ट्रपतिका रूपमा काम गरेका माइक पेन्सले ग्र्यान्ड जुरीको कदमलाई एउटा कान्ड बताएका छन्।

चुनावी अभियानको पैसाको विषयमा उठेको प्रश्न अभियोजनयोग्य नरहेको पेन्सनले बताएका छन्।

यो कदमले देशलाई थप विभाजित पार्ने उनको भनाइ छ। -आयोमेलबाट

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img