काठमाडौं । सत्तारुढ गठवन्धनका शिर्ष नेता आज(बुधवार) दिउँसो १ बजे तनहुँ–१ जाने भएका छन् । काँग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्ने उद्येश्यले उनीहरु तनहुँ–१ जान लागेका हुन् ।
तनहुँ–१ मा १० बैशाखमा उप निर्वाचन हुँदैछ । चुनावी सभामा सम्वोधन गर्न प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल तनहुँ जाने तय भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक शर्माले चुनावी कार्यक्रम सम्वोधन गर्न सत्तारुढ गठवन्धनका शिर्ष नेता तनहुँ–१ जान लागेको बताए ।
उनले भने,‘सत्तारुढ गठवन्धनका शिर्ष नेता तनहुँ–१ जाने तय भएको छ । आज दिउँसो १ बजे उहाँहरु जाने तय भएको छ । चुनाव लक्षीय कार्यक्रम सम्वोधन गर्ने गरी उहाँहरु तनहुँ–१ जान लागेका हुन् ।’ तनुहँ–मा एमालेको तर्फबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को तर्फबाट स्वार्णीम वाग्ले चुनावी प्रतिष्पर्दामा छन् ।
रास्वपाका उम्मेदवार वाग्लेलाई काँग्रेस नेता गोविन्द्रराज जोशी समुहले सघाउने भएपछि काँग्रेस दवावमा छ । शिर्ष नेता सहभागि हुने भएपछि तनहुँ–स्थित डुम्र बजारमा बुधवार दिउँसो २ बजे काँग्रेसले चुनावी सभा राखेको छ ।



















