बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

प्रधानन्यायधिश नियुक्ति टुंगो लगाउन संवैधानिक परिषद्को बैठक सुरु

गते

काठमाडौं । संवैधानिक परिषद्को बैठक सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षमा परिषद्को बैठक बसेको हो । बैठकमा सर्बोच्च अदालतका प्रधानन्यायधिश नियुक्तिदेखि खाली रहेका सबैधानिक निकायमा पदाधिकारी नियुक्तीसम्मका सम्वन्धमा छलफल हुने कार्यसुची रहेको छ । सम्भवत: आजैको बैठकले प्रधानन्यायधिश नियुक्तिका लागि सिफारिस गर्नेछ ।

बैठकमा प्रधामन्त्तीसहित विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना, उपसभामुख इन्दिरा राना र कानुन मन्त्रीको समेत जिम्मेवारी पाएका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी छन् । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा प्रधानमन्त्री दाहालसहित काँग्रेस सभापति शेरबहादुर देउवासहितको बैठक बसेका थियो ।

बैठकमा प्रधानन्यायधिश नियुक्तको बिषयमा छलफल भएको थियो । प्रधानन्यायधिश तत्काल नियुक्त गर्न भन्दै नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशन लगायत कानून व्यवसायीहरुले दवाव दिँदै आएका छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img