बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

गठबन्धन सरकार कायम रहे वृद्ध भत्ता नपाउने खतरा छ : एमाले अध्यक्ष ओली

गते

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारको ध्यान देश र जनता प्रति भन्दा पनि आफन्त पोस्नेमा रहेको आरोप लगाएका छन् । उनले यही सरकार कायम रहे प्रहरीले कपडा फेर्न नपाउने देखि वृद्धभत्ता रोकिने सम्मको स्थिति आउने दावी गरेका छन् ।

बिहीबार बाराको पचरौतामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सरकारलाई विदेशीले समेत नपत्याएको बताए । उनले वर्तमान सरकारसँग पैसा नभएकाले प्रहरीले कपडा फेर्न समेत नपाउने तथा वृद्धभत्ता समेत रोकिने अवस्था आउने बताए । उनले बारा दुईमा गठबन्धनको साझा उम्मेदवार उठाएको प्रति आक्र्रोस पोख्दै सरकारको ध्यान देश र जनताप्रति भन्दा आफन्त केन्द्रित भएको आरोप पनि लगाए ।

‘यही सरकार कायम रह्यो केही महिना भित्र वृद्धा भक्ता नपाउने खतरा छ । भने प्रहरीले कपडा फेर्न पनि पाउँदैन । यही कपडाले कति समय चलाउनुपर्ने हो थाहा छैन ।’ ओलीले भने । उनले आफ्नो पालामा बारा,रौतहट लगायतका जिल्लामा विविध विकास निर्माणका काम गरेको चर्चा गर्दै शेरबहादुर देउवा पाँच चोटी प्रधानमन्त्री बन्दा समेत केही नगरेको भन्दै उनलाई आफुले गरेको काम देखाउन चुनौती पनि दिए ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img