बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

उपनिर्वाचनको मौन अवधि सुरु : प्रचारप्रसार गर्न रोक

गते

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि आजबाट प्रचारप्रसार गर्न रोक लगाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार बिहीबार मध्यराति १२ बजेदेखि १० वैशाखसम्म मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने छ ।

१० वैशाखमा बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुँदैछ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने व्यवस्था गरिएको उनको भनाइृ छ ।

बारा–२, चितवन–२ र तनहुँ –१ तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचनका लागि आवश्यक पुरा भएको बताए छ । उनको अनुसार निर्वाचन क्षेत्रमा सुरक्षाकर्मी परिचान भइसकेका छन् । निर्वाचन सुरक्षाका लागि नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मी खटाइएका छन् । सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरीको सुरक्षाकर्मी रहने प्रवन्ध गरिएको छ ।

उम्मेदवार, निर्वाचन कार्यालय, मतपेटीका र मतदान स्थालको सुरक्षामा भने सशस्त्र प्रहरीको टोली खटाइएका छन् । नेपाली सेनाका सुरक्षाकर्मीलाई भने मतपत्र ढुवानी तथा सुरक्षाको जिम्मा दिइएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img