बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

नेपालमा उत्पादित सवारी साधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका ल्याउने आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

आइतबार बिहान नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई उनले नेपालमा बनेको सवारी साधन दर्ता नभएको भन्ने गुनासो आएको भन्दै नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धि कानुनको तयारीका लागि निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सो अवसरमा उनले कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिएका छन् ।

उनको सचिवालयले भनेको छ ‘प्रधानमन्त्रीको निर्देशनलगत्तै मुख्यसचिवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारी साधनको दर्ता एवं प्रवर्धन सम्बन्धि कानुनको मस्यौदा बनाई पेश गर्न निर्देशन दिनुभएको छ।’

यसैबीच प्रधानमन्त्री प्रचण्डले ट्वीटर मार्फत आफूले तत्काल समस्या समाधानका लागि निर्देशन दिएको जानकारी दिएका छन् । उनले लेखेका छन् ‘ ‘यात्री’ लगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको छु। सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्धन गर्नेगरि तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत् सम्बन्धित निकायलाई निर्देशित गरेको छु ।’

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img