बिहिबार, चैत्र १२, २०८२
Thursday, March 26, 2026
बिहिबार, चैत्र १२, २०८२
Thursday, March 26, 2026

मुख्यमन्त्री सरोज यादवलाई आयोगले सोध्यो स्पष्टीकरण

गते

काठमाडौं – निर्वाचन आयोगले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई चौबीस घण्टे स्पष्टीकरण सोधेको छ ।
आइतबार बारा २ मा मतदान भइरहेको अवस्थामा मुख्यमन्त्री यादवले पार्टी अध्यक्ष चुनाव उपेन्द्र यादवलाई जिताउन आचारसंहिता विपरित काम गरेकोले आयोगले विज्ञप्ति जारी गर्दै जवाफ माग गरेको हो ।

अनुमति विना यादवले पचरौता नगरपालिका क्षेत्रमा रहेको मतदान भैरहेको अवस्थामा सरकारी स्रोत साधन प्रयोग गरेर प्रवेश गरेको समेत जनाएको छ । आयोेगका उपसचिव कमल ज्ञवालीद्धारा जारी विज्ञप्तिमा मुख्यमन्त्री यादवले उननिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिविना सरकारी सवारी साधनको प्रयोग गरी गतिविधि गरेकोमा जवाफ मागेको बताइएको छ ।

आयोगले भनेको छ, ‘आयोगले आज मिति २०६० साल वैशाख १० गते आइतवारका दिन वारा जिल्ला क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिविना निर्वाचन आचारसंहिता विपरीत हुने गरी उहाँलाई के कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानु भएको हो ?’ भनि स्पष्टीकरण सोधेको छ ।

त्यस्तै, यादवले प्रयोग गरेको सवारी साधन सरकारी हो वा होइन, एवं उनको गतिविधिले गर्दा निर्वाचन आचार संहिता २०७९ को दफा ५ को उल्लंघन हुन्छ हुँदैन भनेर पनि उनीसंग जवाफ माग गरेको छ । उनलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न आयोगले चेतावनी दिएको छ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img